Advertisement

कस्तो हुनेछ ? मिथुन राशिका निमित्त २०७७ साल || Yearly Prediction of Mithun Rashi (Gemini) उपाय समेत

कस्तो हुनेछ ? मिथुन राशिका निमित्त २०७७ साल || Yearly Prediction of Mithun Rashi (Gemini) उपाय समेत सामान्यतया यो गोचर फल हो । #मिथुन_राशि #Gemini हुने जुनसुकै लग्नका व्यक्तिका लागि यो लागू हुन्छ । तर अरु राशिका व्यक्तिहरूमध्ये पनि मिथुन लग्न हुने व्यक्तिका लागि यो आंशिक रूपमा लागू हुुनेछ ।

#बुध_ग्रह को स्तुति गर्ने मन्त्र
सौम्योदङ्मुखपीतवर्णमगधश्चात्रेयगोत्रोद्भवो
वाणेशानदिशः सुह्च्छनिभृगुः शत्रुः सदा शीतगुः ।।
कन्यायुग्मपतिर्दशाष्टचतुरः षण्नेत्रकः शोभनो
विष्णुपौरुषदेवते शशिसुतः कुर्यात्सदा मङ्गलम् ।।
#Mithun_Rashi

पहेंलो वर्ण भएका, मिथुन र कन्या राशिका मालिक, मगधदेशमा उत्पन्न, गोचरमा दोस्रो, चौथो, छैठौं, आठौं र दसौं स्थानमा शुभफल प्रदान गर्ने, शुक्र र शनि मित्र भएका, चन्द्र शत्रु हुने, विष्णु र पुरुष अधिदेवता हुने, ग्रहसभामा ईशानादिशामा वाण आकारमा विराजमान, आत्रेयगोत्र भएका विघ्नहर्ता बुधले हामीलाई माङ्गल्य प्रदान गरून् ।।


सूर्यअनुसार फल जेठ, असोज र माघ महिना कमजोर, वैशाख, भाद्र, मंसिर र चैत्र शुभ । बुध ग्रह बक्री रहने समय – जेठ ३१ देखि असार २० गतेसम्म, आश्विन २० गतेदेखि कार्तिक १४ गतेसम्म, माघ १५ गतेदेखि फाल्गुन ०७ गतेसम्म

भ्रमण
मीन राशिमा सुरुमा
मेष राशिमा वैशाख ०९ गतेदेखि
बृष राशिमा वैशाख २५ गतेदेखि
मिथुन राशिमा ज्येष्ठ १४ गतेदेखि
कर्कट राशिमा साउन १४ गतेदेखि
सिंहमा साउन ३२ गतेदेखि
कन्यामा भाद्र १६ गतेदेखि
तुलामा आश्विन ०४ गतेदेखि
बृश्चिक राशिमा मंसिर १२ गतेदेखि
धनु राशिमा मंसिर ३० गतेदेखि
मकर राशिमा पुस १७ गतेदेखि
कुम्भ राशिमा फाल्गुन २६ गतेदेखि
मीन राशिमा चैत्र १५ गतेदेखि

जगल्लग्न परेको छ छैटौं भावमा फल
खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । यसबाहेक व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । पारिवारिक जीवनसमेत राम्रो छैन । सम्भव भएसम्म यात्राबाट जोगिनु नै असल हुन्छ ।

राशिस्वामी बुध नै वर्षको फल भएकाले शुभफल
मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ ।

बुध ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
बुध ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता : भगवान् गणेश, मातृशक्ति वा भगवान् विष्णु
वैदिक मन्त्र – ॐ उद्बुध्यस्वाग्ने प्रति जागृहि त्वमिष्टापूर्ते स℧ सृजेथामयं च । अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन् विश्वेदेवा यजमानश्च सीदत ।
पुराणोक्त बुध मन्त्र – ॐ प्रियङ्गु कलिका श्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।
बुध गायत्री मन्त्र – (क) ॐ गजध्वजाय विद्महे सुखहस्ताय धीमहि तन्नो बुधस् प्रचोदयात् । (ख) ॐ सौम्यरूपाय विद्महे बाणेशाय धीमहि तन्नो बुधस् प्रचोदयात् ।
तन्त्रोक्त बुध मन्त्र – ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः ।
लघु बीज मन्त्र – ॐ बुं बुधाय नमः ।
बुध ग्रहलाई अर्घ्य दिने मन्त्र – सौम्य ! सौम्यगुणोपेत ! रुपेणाप्रतिम बुध । चन्द्रपुत्रः गृहाणार्घ्यं प्रसीद शशिज शुभ ।।
बुध ग्रहको जाप संख्या – ८०००
बुध ग्रहको रत्न – हरियो रंगको पन्ना रत्न (३, ६ वा ७ क्यारेट) सुनको वा चाँदीको औंठीमा जडान गरी विधिपूर्वक दाहिने हातको कान्छी औंला वा काहिंली औंलामा धारण गरेमा शुभ फल प्राप्त हुन्छ, अनिष्ट फलको नाश वा न्यूनीकरण हुनेछ ।

धर्मसंस्कृति,ज्योतिषसाथी,कृष्ण गुरु,कृष्ण कोइराला,कृष्णप्रसाद कोइराला,Dharma Sanskriti,Jyotish Sathi,Krishna Prasad Koirala,Krishna Koirala,Krishna Guru,Mithun Rashi,Budha Graha,Barsik Rashiphal,Yearly Prediction,Gemini,मिथुन राशि,वार्षिक राशिफल,राशिफल,

Post a Comment

0 Comments